ad ad

कोशी


कोसीमा एकीकृत समाजवादीले प्रतिपक्षी बेन्चमा बसेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने

कोसीमा एकीकृत समाजवादीले प्रतिपक्षी बेन्चमा बसेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने

संसदीय दलको तर्फबाट प्रदेशसभा बैठकमा सम्बोधन गर्दै कमल प्रसाद जगेबु


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १४:६, काठमाडौँ

कोसी प्रदेशमा नेकपा एकीकृत समाजवादी प्रतिपक्षी बेन्चमा बस्ने भएको छ।

प्रतिपक्षी बेन्चमा रहेपनि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई विश्वासको मत भने दिने निर्णय भएको प्रदेशसभा सदस्य कमल प्रसाद जगेबुले जानकारी दिए।

संसदीय दलको तर्फबाट प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले सत्ता गठबन्धनमा रहेको कारणले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई पूर्ण समर्थन रहने पनि बताए। 

‘हामी सत्ता गठबन्धनमा छौँ, तर सरकारमा छैनौँ। त्यसैले हाम्रो दल प्रतिपक्षीको बेन्चमा रहने कुरा पनि जानकारी गराउन चाहन्छौँ,’ उनले भने, ‘प्रतिपक्षी बेन्चमा रहेपनि गठबन्धनमा हुनाको नाताले सरकारलाई हाम्रो दलको पूर्ण सहयोग रहने कुरा निवेदन गर्न चाहन्छौँ।’

सोमबार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेसभामा विश्वासको मत लिँदैछन्। 

संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत मागेका हुन्। 

प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेससभा सदस्य भने अनुपस्थित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .