संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले सो प्रक्रिया अघि नबढाउन निर्देशन दिने निर्णय गरेको हो।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखा समितिले दिएको पत्रमा ‘अर्को निर्णय नहुँदासम्म सो प्रक्रिया यथास्थितिमा राख्न’ भनिएको छ।
सेक्युरिटी प्रेस खरिदका क्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिशन मागेको अडियो बाहिरिएपछि मन्त्री बाँस्कोटा विवादमा तानिएका छन् भने सेक्युरिटी प्रेस खरिदको विषयसमेत थप उल्झनमा परेको छ।
3
Shares

प्रतिक्रिया