समाज


भारतले अमेरिकी रोमियो हेलिकप्टर खरिद गर्ने

भारतले अमेरिकी रोमियो हेलिकप्टर खरिद गर्ने

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ८:५७,

ट्रम्पले यसै महिनाको २४ तारिखमा भारत भ्रमण गर्दैछन्। त्यसअघि नै भारतले अमेरिकाबाट २ अर्ब अमेरिकी डलरमा रोमियो हेलिकप्टर खरिद गर्ने भएको इकोनोमिक टाइम्सले जनाएको छ।

भारतले आफ्ना नौसेनाका लागि यस्ता २४ हेलिकप्टर खरिद गर्न मन्जुरी दिएको बताइएको छ।

भारतले खरिद गर्न लागेको हेलिकप्टरको नाम २४ एमएच–६० ‘रोमियो’ हो।

यस्ता हेलिकप्टरले दुश्मनको पनडुब्बीलाई सजिलै पत्ता लगाएर ध्वस्त बनाउनसक्ने जनाइएको छ।

भारतले रुसबाट मिलिटेरी डिफेन्स सिस्टम खरिद गर्ने भएपछि यसअघि अमेरिका भारतसँग रुष्ट बनेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad