राजनीति


रास्वपाको दाबी– गृहमन्त्रीलाई बोल्न दिने कुरामा कांग्रेस सकारात्मक छ

रास्वपाको दाबी– गृहमन्त्रीलाई बोल्न दिने कुरामा कांग्रेस सकारात्मक छ

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १५:५७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने कुरामा सकारात्मक देखिएको बताएका छन्।

मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक परियारले नेपाली कांग्रेस सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा पुगेको बताए।

‘अब संसद्मा उपप्रधान तथा गृहमन्त्रीले बोल्ने कुरामा नेपाली कांग्रेसले सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा नेपाली काँग्रेस पुगेको छ। कुनै व्यक्तिलाई निषेध गर्नु हुँदैन,’ उनले भने। 

कुनैपनि हिसाबमा समिति बनाउन जरुरी नरहेको पार्टीको निस्कर्ष रहेको पनि बताउँदै उनले व्यक्ति केन्द्रित भएर समितिको माग गर्नु तर्कसंगत नरहेको जिकिर गरे।

‘समितिको कुरा आज पनि हामीले छलफल गर्दा कुनैपनि हिसावमा समिति बनाउन जरुरी छैन भन्नेमा हामी छाँै। सरकारले प्रश्न उठेपछि सम्बोधन गर्नुपर्छ। गृहमन्त्रीज्युले सम्बोधन गर्नुहुनेछ। व्यक्ति केन्द्रित भएर समितिको माग तर्कसंगत छैन भन्नेकुरा कांग्रेसले बुझेको छ,’ उनले भने।

उनले आगामी संसदको बैठकमा गृहमन्त्रीले उक्त विषयमा आफ्ना धारणा राख्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .