राजनीति


प्रदेश नं १ का मुख्यमन्त्री राई अमेरिका प्रस्थान

प्रदेश नं १ का मुख्यमन्त्री राई अमेरिका प्रस्थान

नेपालखबर
असार १६, २०७६ सोमबार १४:५५,

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको बाल्टिमोरमा असार २० देखी २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गरेका हुन्।

प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृत बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेका हुन्। अमेरिकाको उक्त कार्यक्रममा मुख्यमन्त्री राईले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्नेछन्।

प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हिसाबले हेरिएको छ। नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ। उक्त लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्नेछन्। यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्तित्वहरु सहभागी भइसकेका छन्।

सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोशियसन अफ नेपालीज इन दि अमेरिका, एसोशियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्र्तराष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad