ad ad

राजनीति


सम्पादकहरूले भनेः चिनियाँ दूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा नाघ्यो

सम्पादकहरूले भनेः चिनियाँ दूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा नाघ्यो

नेपालखबर
फागुन ७, २०७६ बुधबार ८:१५,

काठमाडौंस्थित चिनियाँ दूतावासले द काठमान्डु पोष्ट अँग्रेजी दैनिकमा प्रकाशित सामग्रीलाई लिएर मंगलबार जारी गरेको विज्ञप्तिले कुटनीतिक मर्यादा नाघेको सम्पादकहरूले बताएका छन्।

दूतावासले उक्त दैनिक पत्रिकामा साभार गरिएको एउटा आलेख र त्यसमा रहेको चित्रप्रति आपत्ति जनाउँदै मंगलबार कडा विज्ञप्ती जारी गरेको थियो।

दूतावासको विज्ञप्तीप्रति असहमती जनाउँदै प्रमुख मिडियाका १७ जना सम्पादहरूले बुधबार त्यसले कुटनीतिक मर्यादा नाघेको बताएका हुन्।

‘कुनै विचार वा समाचार प्रकाशित गरे बापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ’, सम्पादकहरूको वक्तव्यमा भनिएको छ, ‘त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको बिज्ञप्तिले कुटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं।’

वक्तव्य जारी गर्ने १६ जना सम्पादकहरू अखिलेश उपाध्याय, अमित ढकाल, अरुण बराल, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुँइटेल, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, वसन्त बस्नेत, राजेन्द्र दाहाल, सुधीर शर्मा, शिव गाउँले,  सुवास घिमिरे र हरिबहादुर थापा रहेका छन्।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न प्रतिवद्ध रहेको सम्पादकहरूले बताएका छन्।

haribahadur111

दूतावासले काठमाण्डू पोष्टले साभार गरेको नाटोका लागि अमेरिकी पूर्व राजदूत इभो ड्याल्डरको चीनप्रति आलोचनात्मक आलेख र त्यससँगै प्रकाशित मास्क लगाएको माओत्से तुङको तस्बिरप्रति आपत्ति जनाएको हो

मंगलबार दूतावासले जारी गरेको विज्ञप्तीमा पोष्टका सम्पादक अनुप काफ्लेले पहिलेदेखि नै चीन विरोधी सामग्री छापिरहेको आरोप लगाएको छ। त्यो हद नाघ्ने क्रममा काफ्ले ‘चीनविरोधी शक्तिको सुगा बनेको’ आरोप लगाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .