दुईहप्ता अगाडि कोरोनाबाट संक्रमित भेटिएको समयमा उक्त पानीजहाजमा ३७ सय यात्रु थिए।
भाइरस फैलने त्रासपछि जापानले उक्त जहाजबाट कसैलाई तल झर्न नदिइ पानीजहाजलाई नै क्वारेन्टाइन बनाएर उपचार थालेको थियो।
हालसम्म ५ सय जना उक्त जहाजमा कोरोनाबाट संक्रमित छन्। भाइरस संक्रमणको लक्षण नदेखिएकालाई बुधबारदेखि पानीजहाजबाट निकाल्न थालिएको बीबीसीले जनाएको छ।
तर कोरोनाबाट संक्रमितको भने त्यहीँ उपचार हुनेछ। १४ दिनको क्वारेन्टाइन अवधि समाप्त भएपछि योकोहामा जापानका एक व्यक्तिलाई घर फिर्ता पठाइसकिएको छ।
अमेरिका, हङकङले आफ्ना देशका नागरिक जो उक्त जहाजमा फसेका थिए उनीहरुलाई उद्धार गरिसकेको छ। अन्य देशले पनि उद्धारको पहल कदमी चालेका छन्।
बुधबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७५ हजार १९६ कोरोनाबाट संक्रमित छन्। २ हजार १० को मृत्यु भइसक्दा १४ हजार ४५१ जना उपचारपछि स्वस्थ बनेका छन्।
चीनमा मात्र ७४ हजार १८५ जना संक्रमित छन्। त्यहाँ २ हजार ४ को मृत्यु भएको छ।
प्रतिक्रिया