ad ad

कारोबार


सुनको भाउ प्रत्येक दिन उच्च, तोलाको ७७ हजार १ सयमा कारोबार

सुनको भाउ प्रत्येक दिन उच्च, तोलाको ७७ हजार १ सयमा कारोबार

नेपालखबर
फागुन ७, २०७६ बुधबार ८:२५,

नेपालमा सुनको भाउ हालसम्मकै उच्च भएको छ। मंगलबार प्रतितोलाकै ७६ हजार ७ सय पुगेर कीर्तिमान कायम भएको सुनको भाउ बुधबार नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ७७ हजार १ सय र तेजाबी सुन ७६ हजार ८ सय पुगेको छ। त्यस्तै चाँदी पनि प्रतितोला प्रतितोला ९ सय ५ रुपैयाँ पुगेको छ। सुनको मूल्यमा यो नयाँ कीर्तिमान हो।

मंगलबार छापावाल सुन ७६ हजार ७ सय र तेजाबी सुन ७६ हजार ४ सय तथा चाँदी ८ सय ९० रुपैयाँ प्रतितोला कारोबार भएको थियो। त्यस्तै सोमबार छापावाल सुन ७६ हजार ५ सय र तेजाबी सुन ७६ हजार २ सयमा कारोबार भएको थियो।

यसअघि माघ १८ मा पहिलोपटक ७६ हजार ५ सयसम्म पुगे पनि पछि केही गिरावट आएको थियो। तर मंगलबार र बुधबार भने सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .