राजनीति


रास्वपाको महाधिवेशन स्थलमा पानी तान्ने भ्याकुम

रास्वपाको महाधिवेशन स्थलमा पानी तान्ने भ्याकुम

रास्वपा महाधिवेशन स्थलमा जमेको पानी भ्याकुममार्फत तानिँदै। तस्बिरहरू: सुनिता विष्ट


नेपालखबर
असार ७, २०८३ आइतबार १०:८, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन स्थल  जलमग्न बनेपछि आइतबार बिहान भ्याकुममार्फत पानी तानिएको छ।

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित महाधिवेशन उद्‌घाटन स्थल गएरातिको वर्षाका कारण जलमग्न बनेको छ।

महाधिवेशनको औपचारिक कार्यक्रम सुरु गर्ने बेलासम्म पनि चौरमा जमेको पानी सुक्ने नदेखिएपछि भ्याकुम ट्यांकरमार्फत तानिएको हो।

महाधिवेशनको औपचारिक कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ।

महाधिवेशन उद्घाटन रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन शाहले गर्ने कार्यक्रम छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ।

असार ९ सम्म चल्ने महाधिवेशनले सत्तारूढ दल रास्वपाको नयाँ नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad