राजनीति


एमाले अध्यक्ष ओली अस्वस्थ, गएनन् परिषद् बैठकमा

एमाले अध्यक्ष ओली अस्वस्थ, गएनन् परिषद् बैठकमा

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १५:५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।

जसका कारण ललितपुरको गोदवारीमा शनिबारदेखि जारी पार्टीको राष्ट्रिय महाधिवेशन प्रथम परिषद् बैठकमा अनुपस्थित भएका छन्। 

यसैले आज दोस्रो दिनको बैठकको अध्यक्षता एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।

ओलीलाई रुघाखोकी लागेको र घरमै आराम गरिररहेको उनले बताए। 

एमाले परिषद् बैठकमा अहिले समूहगत छलफलका निष्कर्ष प्रस्तुतिको क्रम चलिरहेको छ।

हालसम्म ३ वटा समूहको प्रस्तुति सकिएको र चौथो समूहको प्रस्तुति चलिरहेको नेता निरज आचार्यले जानकारी दिए। परिषद् बैठक आजै सकिनेछ। 

समापन समारोहमा पनि अध्यक्ष ओली उपस्थित नहुने भएकाले उपाध्यक्ष पोखरेलले नै समापन गर्नेछन्।

एमालेले भोलि कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सव गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .