ad ad

राजनीति


एकीकृत समाजवादीबाट झलनाथ खनाल र गरिमा शाह निर्वाचन ‘कमान्डर’

एकीकृत समाजवादीबाट झलनाथ खनाल र गरिमा शाह निर्वाचन ‘कमान्डर’

झलनाथ खनाल र गरिमा शाह


नेपालखबर
बैशाख २, २०८१ आइतबार १०:२५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमान्डर’ तोकेको छ।

प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं-२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकिएको हो। 

एकीकृत समाजवादीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर–२ मा जितबहादुर राई र प्रदेश सभा  बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार बनाएको छ।

चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए।

पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .