जबर्जस्ती करणी उद्योगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले सफाइ दिएसँगै रिहा भएका छन्।
उनी डिल्लीबजार सदरखोरका कैदीले महरालाई माला र खादा लगाएर विदाइ गरेका थिए।
बाहिर उनलाई माला लगाएर स्वागत गर्न कार्यकर्ताको ठूलो भीड लागेको थियो।

तर, महराले माला लगाएनन्। न त कुनै प्रतिक्रिया नै दिए। उनी निस्केर रातो कारमा चढेर सरासर बाहिरिए।

डिल्लीबजार कारागारबाट निस्किएका उनी बा १८ च ४०० नम्बरको गाडीमा चढेर गएका छन्।

उनी कारागारबाट बाहिर निस्किँदा समर्थकहरुले ‘नेकपा जिन्दावाद’ नारा लगाएका थिए।
3
Shares

प्रतिक्रिया