खेल


नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

नेपालखबर
फागुन ५, २०७६ सोमबार १०:४१,

थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा मलेसियासँग भिड्ने भएको हो। प्रतियोगितामा भुटान, चीन र म्यानमारले सहभागिता नजनाउने भएपछि एसीसीले नयाँ खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन्।

नेपालले पहिलो खेल फागुन १७ गते मलेसियासँग र दोस्रो खेल १८ गते हङकङसँग खेल्नेछ। २१ गते थाइल्याण्डसँग तथा अन्तिम खेलमा २३ गते सिंगापुरसँग भिड्नेछ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले गत शुक्रबार १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ। घोषित टोलीमा भुवन कार्कीले पुनरागमन गर्दा नियमित सदस्य रोहित कुमार पौडेल बाहिर छन्। भुवन कार्कीले सन् २०१५ यता टोलीमा स्थान बनाउन सकेका थिएनन्। भुवनले पछिल्लो पटक नामिबियामा भएको आईसीसी डिभिजन–२ खेलेका थिए। किशोर महतो पहिलो पटक टिममा परेका हुन्।

इष्र्टन र वेस्र्टन रिजनबाट छनोट भएका २–२ टोलीले मलेसियामा अगस्टमा हुने एसिया कप टी–२० को छनोटमा भाग लिनेछन्। टी–२० एसिया कप सेप्टेम्बर २०२० मा पाकिस्तानमा हुनेछ। एसिया कपका लागि भारत, पाकिस्तान, अफगानिस्तान, बङ्लादेश र श्रीलंका सिधै छनोट भएका छन्।

नेपाली टोलीः ज्ञानेन्द्र मल्ल (कप्तान) पारस खड्का, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad