सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेबीच शिष्टाचार भेट भएको छ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा यूएनडीपीका प्रतिनिधि लबेले सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।
सभामुख सापकोटाले नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै सहकार्य जारी रहेको स्मरण गर्दै, संविधानसभा निर्वाचन र संघीय संसदलाई स्तरीकरण गर्न युएनडीपीले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे। उनले नेपालमा बहुआयामिक सहयोग गरिरहेको युएनडीपीले आगामी दिनमा पनि सहयोग जारी राख्ने विश्वास व्यक्त गरे।
युएनडीपीका प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन्। संघीय संसद, प्रदेश र स्थानीय तहको न्यायिक समितिसँग काम गरिरहेको जानकारी दिंदै लबेले जलवायु परिवर्तनको क्षेत्रमा सहकार्य गर्न सकिने बताइन्।

प्रतिक्रिया