राजनीति


इलाम–२ मा सुहाङलाई जिताउन एमाले र माओवादीको ५ बुँदे निर्णय

इलाम–२ मा सुहाङलाई जिताउन एमाले र माओवादीको ५ बुँदे निर्णय

नेपालखबर
चैत २८, २०८० बुधबार २०:४०, काठमाडौँ

इलाम–२ को उपनिर्वाचनका एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताउन सत्ता गठबन्धनका प्रमुख घटक एमाले र माओवादीले संयुक्त रूपमा ५ बुँदे निर्णय गरेका छन् ।

दुई पार्टीको कोसी प्रदेशस्तरमा गरिएको बैठकको ५ बुँदे निर्णय बुधबार सार्वजनिक गरिएको हो।

नेकपा एमाले, मोरङको विराटनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दुई पार्टीका अध्यक्षद्वय घनश्याम खतिवडा र हर्कबहादुर नेम्बाङ (मिक्सो)ले सार्वजनिक गरेको निर्णयमा वैशाख १५ गते हुने उपनिर्वाचनमार्फत वामपन्थी शक्तिबीचको सहकार्य र भविष्यमा सुदृढ कम्युनिस्ट एकताको जग तयार गर्ने उल्लेख छ ।

स्थानीय मनोविज्ञानमा आधारित रहँदै सामूहिक रूपमा अग्रसरता लिने, स्थानीय नेता कार्यकर्ताको मनोबल उठाउन र पार्टी पङ्क्तिमार्फत शक्ति सञ्चय गर्न समूह बनाएर लाग्ने निर्णय दुवै दलले गरेका छन्।

निर्वाचन क्षेत्रसँग जोडिएका छिमेकी जिल्ला र स्थानीय तहका मतदातालाई आकर्षित गर्ने, जिल्लास्तरमा चुनाव सहयोग संयन्त्र गठन गर्ने र त्यसमार्फत सूर्य चिह्न ध्वजावाहक उम्मेदवार सुहाङ नेम्बाङको पक्षमा मतदान गर्न सार्वजनिक अपिल गर्ने दुई पार्टीको संयुक्त निर्णय छ।
इलाम–२ मा एमालेलाई माओवादी केन्द्रले सघाउने सहमति यसअघि नै भइसकेको छ। 

यस निर्वाचन क्षेत्रमा कांग्रेसबाट डम्बर खतिवडा, रास्वपाबाट मिलन लिम्बू, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलगायत प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .