राजनीति


सहकारी ठगीमा संलग्न जीबी राईसहितलाई पक्राउ गर्न चितवन कांग्रेसको माग

सहकारी ठगीमा संलग्न जीबी राईसहितलाई पक्राउ गर्न चितवन कांग्रेसको माग

तस्बिर : नेपालखबर


नेपालखबर
चैत २०, २०८० मंगलबार १९:०, काठमाडौँ

चितवन कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही माग गरेको छ।

कांग्रेस चितवन सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सहकारी संस्थाहरूले बचतकर्तासँग रकम संकलन गरेर सहकारी ऐनविपरीत करोडौं बचत रकम अपचलन गरेको जनाएका छन्।

उनले रकम फिर्ताको पहल गरिदिन बचतकर्ताहरूले निवेदन दिएको उल्लेख गरेका छन्। गत १५ गते सरोकारवाला पीडितहरूसँग चितवन कांग्रेसले अन्तरक्रियासमेत गरेको छ।

कांग्रेसले चितवनमा मुख्य कार्यालय एवम् शाखा कार्यालय खोली सहकारी सञ्चालन गर्दै आएका साहारा सहकारी, शिवशिखर, सनराइज, परिचय, लालीगुँरास बचत तथा ऋण सहकारी संस्थासहितले बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको जनाएको छ।

त्यस्तै कांग्रेसले बचत रकम हिनामिना गर्ने सहकारीका तत्कालीन सञ्चालकहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाउन संसदीय समिति गठनको माग पनि गरेको छ।

‘सहारा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष जीबी राईलगायत ११ जना, शिव शिखर, सनराइज, परिचय, लालीगुराँसलगायत व्यक्तिलाई सम्बन्धित निकायबाट अविलम्ब पक्राउ गरी अनुसन्धान गर्न र पछिल्ला दिनमा बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम फिर्ता लिन पाउने सुनिश्चितता दिलाउँदै बचतकर्ताको रकम फिर्ता गराउने व्यवस्थाका लागि ठोस नीति तर्जुमा गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिन्छ’, कांग्रेसले भनेको छ।

कांग्रेसले ध्यानाकर्षणपत्रसहित सहकारी पीडितहरूका भनाइको भिडिओ पनि संलग्न गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ।

कांग्रेसले सहारामा १० हजार ६ जना बचतकर्ताको ८५ करोड, शिवशिखरमा १४ हजार ८०० बचतकर्ताको ९५ करोड, सनराइजमा सात हजार २०० बचतकर्ताको ७२ करोड, लालीगुँरासको १२ करोड ९३ रुपैयाँ हिनामिना भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .