कला


‘बोक्सीको घर’ मा समावेश ‘बुझिनँ मैले’ गीतमा महिलालाई हेर्ने दृष्टिकोणबारे व्यङ्ग्य

‘बोक्सीको घर’ मा समावेश  ‘बुझिनँ मैले’ गीतमा महिलालाई हेर्ने दृष्टिकोणबारे व्यङ्ग्य

नेपालखबर
चैत २०, २०८० मंगलबार १९:२३, काठमाडौँ

केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ नयाँ गीत सार्वजनिक भएको छ। यस फिल्ममा समावेश ‘बुझिनँ मैले’ बोलको गीत मंगलबार ओएस डिजिटलमार्फत सार्वजनिक गरिएको हो। 

यस गीतका शब्दहरु चोटिला छन्। समाजले महिलालाई हेर्ने फरक फरक दृष्टिकोणबारे गीतले व्यङ्ग्य गर्छ। गीतमा एक अन्तरामा भनिएको छ:

जूनजस्ती रे

फूल जस्ती रे

कञ्चन खोला झरनाको मूलजस्ती रे

म बोक्सी, म देवी

म डार्लिङ, म बेबी

यो थरिथरि नाताले

यो सुन्दर सुन्दर गाथाले

म बाधिएकी हुँ या सजिएकी हुँ

बुझिनँ मैले, बुझाइदेउ कसैले

माथिको शसक्त शब्दहरुमा समीक्षा अधिकारीको स्वर मिठो सुनिएको छ। समीक्षालाई गायनमा सघाएका गायक प्रकाश सपुतको शब्दले पनि फिल्मको उठाएको विषयवस्तु र मर्मलाई न्याय गरेको छ। सुदीप सागरले एरेन्ज गरेको गीतमा प्रकाश स्वयमलेनै संगीत भरेका छन्।

गीतको भिडिओमा फिल्मकै मुख्य कलाकार केकीसहित सुलक्षण भारती, रमा थपलिया फिचर्ड छन्। सारीचोलो लगाएकी केकीले गीतमा नृत्य समेत गरेकी छिन्। नृत्यका क्रममा उनले गर्ने हाउभारु अनौठो समेत लाग्छ। 

केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ मा आधारित हो।

नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन्। फिल्ममा स्वेच्छा राउत, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ।

केकी स्वयम् निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्। सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्नेछ। यो फिल्म आगामी वैशाख १४ गते रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .