ad ad

राजनीति


विप्लवका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी धुलिखेलबाट पक्राउ

विप्लवका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी धुलिखेलबाट पक्राउ

नेपालखबर
फागुन ४, २०७६ आइतबार ६:३,

नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो।

सरस्वती बजारमा शंकास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ गरिएका तामाङ चन्द समूहका जिल्ला सेक्रेटरी भएको प्रहरीले जनाएको छ।

मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र ब्यवहारअन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .