ad ad

अटो


विराटनगरमा भन्सार, भीसीटीएस र करबारे नाडाले दियो प्रशिक्षण

विराटनगरमा भन्सार, भीसीटीएस र करबारे नाडाले दियो प्रशिक्षण

नेपालखबर
फागुन ४, २०७६ आइतबार ६:१२,

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नाडाको संस्थागत एसोसिएसन मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनसँगको संयुक्त पहलमा शनिबार होटेल विग, रोडसिस, विराटनगरमा भन्सार, भीसीटीएस र करबारे प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

प्रदेश नं १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ। नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दै आएकोे र गत माघ ९ गते पनि यस्तो कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको थियो। नाडाका अनुसार यस्तो प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सम्पन्न गरिनेछ।

मोरङ्ग अटोमोवाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोवाइल्स डिलर्स एसोसिएसनमा आबद्ध विभिन्न फर्म कम्पनीहरुकोतर्फबाट कुल ४२ जना प्रशिक्षार्थिले सहभागिता जनाएका थिए।

उक्त कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय मोरङ्गका अधिकृत हितेस बस्नेत, आन्तरिक राजस्व कार्यालय मोरङ्गका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सीए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए।

सरकारको प्रतिनिधित्वसहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो चौथो भएको नाडाले जनाएको छ। खासगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्टिगत गरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ। उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका महासचिव सुनिल रिजालले गरेका थिए। त्यसैगरी सो कार्यक्रममा नाडाका पदाधिकारी र सदस्यहरु लगायत मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो।

नाडाका अनुसार गत शुक्रबार नाडा र नाडाका संस्थागत एसोसिएसनबीच संयुक्त बैठक पनि विराटनगरमा सम्पन्न भएको छ। त्यसैगरी शनिबार नाडाको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक समेत विराटनगरमा सम्पन्न भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .