ad ad

राजनीति


प्रदेश २ का विकासमन्त्रीलाई आफ्नै कार्यकर्ताको कालो झन्डा, १० भन्दा बढी पक्राउ

प्रदेश २ का विकासमन्त्रीलाई आफ्नै कार्यकर्ताको कालो झन्डा, १० भन्दा बढी पक्राउ

शैलेन्द्र महतो
फागुन ३, २०७६ शनिबार ६:३४,

प्रदेश २ सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका १० भन्दा बढी युवालाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुरको जानकी हेल्थकेयर अस्पतालमा शनिबार आयोजित खोप कार्यक्रममा सहभागी हुन गएका युवालाई प्रहरीले पक्राउ गरेको हो।

मन्त्री साहलाई कालोमोसो दल्ने योजनासाथ जानकी हेल्थकेयरको प्रवेशद्वारमै बसेका उनीहरूलाई धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

bikasemantri1

अहिले उनीहरूलाई धनुषा जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएकाे छ। 

युवाको समूहले घेरेपछि मन्त्री साह झन्डै १ घण्टा जानकी अस्पतालमै बन्दी बनेका थिए।

पछि प्रहरीले ती युवालाई पक्राउ गरी मन्त्री साहलाई सुरक्षा दिँदै गन्तव्य स्थल पुर्‍याएकाे छ। 

saha

त्यस क्रममा राजपा नेपालका हिरेन्द्र सिंहलगायत केही युवाले मन्त्री साहलाई कालो झण्डा देखाएका छन्। 

शुक्रबार राजपा नेपालका धनुषा जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा मन्त्री साहको चेम्बरमा गुनासो गर्न पुगेका थिए।

मन्त्रालय र मन्त्रीको कामाकारबाहीका विषयमा असन्तुष्टि व्यक्त गर्दा मन्त्री साहले नेता झालाई तपाईंको के औकात भनेर हकारेका थिए।

त्यसपछि नेता झाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मन्त्री साहलाई औकात भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउन चुनौती दिँदै आएमा कालोमोसो दल्ने चेतावनी दिएका थिए।

मन्त्री साह राजपा नेपालबाट प्रदेश २ सरकारमा सहभागी छन्। उनले यसअघि पनि पटकपटक विवादास्पद अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .