यूइएफएले सिटीलाई यूइएफएको ‘क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्ले रेगुलेसन’ उल्लंघन गरेको कारण आगामी दुई सिजन युरोपेली प्रतियोगितामा प्रतिबन्ध लगाएको हो।
यूइएफएले सिटीले क्लब लाइसेन्सिङ र वित्तीय नियम तोडेको पुष्टि भएको बताउँदै यस्तो निर्णय गरेको छ।
यसको मतलब अब सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग, युरोपा लिगजस्ता प्रतियोगितामा दुईवर्ष भाग लिन पाउने छैन।
सिटीलाई ३० मिलियन युरो जरिवाना समेत गरिएको बीबीसी स्पोर्ट्सले जनाएको छ।
यूइएफएको निर्णयलाई उल्टाउन अब म्यानचेस्टर सिटीले खेलको मध्यस्थता अदालतमा अपील गर्नसक्छन्।
सिटीले यूइएफएको निर्णयसँगै आफूहरु निराश भएको प्रतिक्रिया दिएको छ। उक्त निर्णय पूर्वग्राही भएको र अदालतमा यस विषय उठाउने सिटीको भनाइ छ।
युरोपेली क्लबको वित्तीय नियन्त्रण निकाय सीएफसीबीले भनेको छ,‘सिटीले आफ्नो प्रायोजन राजस्व असामान्य रुपमा बढाइरहेको छ। सिटीले यूइएफएलाई सन् २०१२ र २०१६ मा दिनुपर्ने जानकारीको नियम पनि तोडेको छ। क्लबले यस विषयको अनुसन्धानमा सघाउ समेत पुर्याएन।’
बीबीसीका अनुसार सिटीको प्रिमियर लिगको अंक पनि घटाइनेछl
Shares
प्रतिक्रिया