तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवा पुर्पक्षका लागि जेल चलान भएका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
जिल्ला अदालत (कञ्चनपुर) ले छोरीको बलात्कारपछि हत्या गर्ने बुबालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जनाएको छ। पुस १४ गते भीमदत्त नगरपालिका–१८ सालघारीका इन्द्र चुनारा तीन वर्षीया झट्केली छोरीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका थिए।
घरमा कोही नभएको अवस्थामा बालिकाका सौतेला बुबा चुनाराले छोरीको बलात्कारपछि हत्या गरेका थिए। उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण हरिकृष्ण अवस्थीले बताए।
प्रतिक्रिया