प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक राजनीतिक अस्थिरताबाट स्थिरतामा प्रवेश गरेको बताएका छन्।
शनिबार संघीय संसदखलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गरेको दुई वर्ष पुगेको अवसर पारेर सरकारका काम कारबाहीबारे जानकारी दिन संसदलाई विशेष सम्बोधन गर्न लागेका हुन्।
उनले सरकार बन्ने र ढल्ने क्रममा एउटै पार्टी र एउटै नेतृत्वको सरकार दुई वर्ष चल्दा त्यसलाई पनि उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आएको बताए।
‘लामो समयसम्म सात-आठ महिनामा सरकार फेरिइरहने विगतको अस्थिरतलाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार दुई वर्ष पूरा गर्दा पनि उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ’, उनले भने।
प्रधानमन्त्री ओलीले अहिले संसदलाई सम्बोधन गरिरहेका छन्।

प्रतिक्रिया