खेल


जापानी धावक योसाकेले जिते सफल पोखरा म्याराथनको उपाधि

जापानी धावक योसाकेले जिते सफल पोखरा म्याराथनको उपाधि

नेपालखबर
फागुन ३, २०७६ शनिबार ५:५६,

सफल पोखरा म्याराथनको उपाधि जापानी धावक ताकानासी योसाकेले जितेका छन्।

निर्धारित ४२ किलो मिटरको दूरी २ घण्टा २६ मिनेट ५१ सेकेन्डमा पार गर्दै ताकानासी उपाधि जित्न सफल भएका हुन्।

उपाधिसँगै उनले २ लाख रुपैयाँ प्राप्त गरेका छन्।

यस्तै म्याराथनमा १३औं सागका स्वर्णपदक विजेता तथा शसस्त्र प्रहरी एपीएफका किरण सिंह बोगटी दोस्रो भएका छन्।

उनले २ घण्टा २७ मिनेट ०८ मिनेटमा पार गरेका थिए।

यसैगरी निर्धारित दूरी २ घण्टा २९ मिनेटमा पार गर्दै अनिस थापा तेस्रो भएका छन्।

उपविजेता बनेका किरणले १ लाख र तेस्रो भएका अनिसले ७५ हजार रुपैयाँ प्राप्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad