राजनीति


बालेन्द्र, हर्क र रविहरू प्रचण्ड जस्तै विद्रोही हुन् : मैनाली

बालेन्द्र, हर्क र रविहरू प्रचण्ड जस्तै विद्रोही हुन् : मैनाली

नेपालखबर
चैत ९, २०८० शुक्रबार १९:२८, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले बालेन्द्र शाह, हर्क सामपाङ र रबी लामिछानेहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जस्तै विद्रोही भएको बताएका छन्। 

ह्वाइट हाउस इन्टरनेश्नल कलेजले पुतलीसडकमा शुक्रबार क्विज कन्टेन्ट सञ्चालन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित मैनालीले परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड भएकाले त्यसका बाईप्रडक्टका रूपमा अरू भएको उल्लेख गरे। 

‘जुनसुकै पार्टीको राजनीति गरे पनि प्रगतिशील र क्रान्तिकारी राजनीति गर्नुस्। यसरी नै रवि लामिछाने, बालेन्द्र शाह र हर्क सामपाङले गरे’, उनले भने, ‘पछिल्ला जति पनि आन्दोलन भए त्यसको नेतृत्व प्रचण्डले गरे। हर्क, बालेन र रविहरूका परिवर्तनका नेता प्रचण्ड हुन्। त्यस्तै परिवर्तनकारी नेता बन्ने सपना देख्नुस्।’ 

देशको युगान्तकारी परिवर्तन गर्न जनयुद्धका क्रममा बन्दुक उठाएको उनले जिकिर गरे। 

‘यो देशमा महिलाले जोत्नु हुँदैन, किरिया बस्नु हुँदैन भन्नेलाई माओवादीले बन्दुक बोकाएर मुलुकको रूपान्तरणमा लगायो। सामन्ती राजतन्त्रको जरो उखेलेर गणतन्त्र ल्यायो’, उनले भने, 'बालेन कुनै बेला अखिल क्रान्तिकारीको सदस्यता बोकेको मान्छे हो। अखिल क्रान्तिकारीमा सङ्गठित भएको मान्छे हो। उहाँ आफ्नै ढङ्गले अघि बढेर महानगर प्रमुख हुनु भयो।’ 

देशको राजनीति खराब छ भनेर विद्रोह गरेका बालेन काठमाडौँको मेयर हुन सफल भएको उनले उल्लेख गरे। 

उनले कार्यक्रममा  ह्वाइट हाउस कलेजले प्रदेशलाई नमुना बनाउने मुख्यमन्त्री जन्माओस् भन्दै शुभकामना दिए। माओवादीले यो देशको १८ घण्टे लोडसेडिङदेखि भ्रष्टाचारका सुशासनको पक्षमा कदम चालेको उनले उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .