राजनीति


एकीकृत समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

एकीकृत समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०८० बुधबार २०:०, काठमाडौँ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टी गण्डकी प्रदेशमा चौथो पटक मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। स्वतन्त्र हैसियतमा २०७९ मा विजयी उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। तर हालै मात्र उक्त पार्टी छाडेका मनाङे कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भइसकेकका छन्।

मनाङे पार्टी प्रवेश गरेपछि आफूहरूले मन्त्रीसमेत बनाएको अवस्थामा अहिले छलफल नै नगरी समीकरण बदलेर कांग्रेस नेतृत्वकव सरकारमा मन्त्री बन्न गएकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको सचिव जीवनराम श्रेष्ठले बताए। 

मनाङेसँग स्पष्टीकरण सोध्न प्रदेश कमिटीलाई निर्देशन दिइएको छ। २०७९ को निर्वाचनमा मनाङे  मनाङ १ (ख) बाट स्वतन्त्र निर्वाचित भएका थिए।

बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम र बझाङ्मा प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदारको नाम सिफारिस गर्न निर्देशन दिएको छ।

त्यस्तै बैठकले उपनिर्वाचनको उम्मेदारीका निम्ति सत्ता गठबन्धनसँग पनि छलफल गर्ने निर्णय गरेको छ। 

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपमहासचिव खतिवडाले भने,‘उपनिवार्चनबारे सत्ता गठबन्धनका दलसँग छलफल गर्ने निर्णय भएको छ। उम्मेदारको नाम छनोट गर्ने अधिकार प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन क्षेत्र कमिटीलाई दिइएको छ। केन्द्रीय सचिवालय र दस्तावेज मस्यौदा समितिको बैठक चैत ११ गते बिहान १० बजे बस्नेछ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .