राजनीति


प्रधानमन्त्री प्रचण्डको दाबी- सहकारी प्रकरणमा गृहमन्त्री रवि दोषी छैनन्, मसँग रिपोर्ट छ

प्रधानमन्त्री प्रचण्डको दाबी- सहकारी प्रकरणमा गृहमन्त्री रवि दोषी छैनन्, मसँग रिपोर्ट छ

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार ८:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी काण्डमा दोषी नरहेको दाबी गरेका छन्। 

सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति गृहमन्त्री बनेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले लामिछानेले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको जिकिर गरेका हुन्। 

उनले लामिछानेको नाम जोडिएको सहकारी ठगी प्रकरण अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूसँगै बुझ्दा त्यसमा गृहमन्त्री रविको कुनै गल्ती नरहेको पाइएको दाबी गरेका छन्। 

‘पहिलो कुराचाहिँ रवि लामिछानेको बारेमा जो चर्चा, परिचर्चा भएको छ, त्यो कहीँ कतै प्रमाणित पनि छैन, त्यस्तो आधार पनि छैन। एउटा उजुरी पोखरामा परेको छ, उजुरी परेकै आधारमा मन्त्री बन्न नहुने या मन्त्री छोड्नुपर्ने भन्ने हुँदैन। उजुरी त जहाँ पनि जसको बारेमा पनि पर्नसक्छ’, कान्तिपुर टीभीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मैले अनुसन्धानकर्ताहरूसँग बुझी पनि सकेँ, आज म यत्तिचैँ भन्छु– रविको फ्लर्ट छैन...मानिसहरूमा एउटा कन्फ्युजन त छ, त्यो क्लियर गर्नुपर्ने छ, तर जो अथोरटी हो नि, जसले हेरिराखेको हुन्छ नि, ककल्ले के के हो भन्ने कुरा, रविको चाहिँ सहकारीमा फ्लर्ट छैन भन्ने कुरा मलाई नै भनेको रिपोर्ट पनि मसँग छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .