समाज


निसीखोला दुर्घटना : पत्रकार विक्रम परियारको पनि निधन

निसीखोला दुर्घटना : पत्रकार विक्रम परियारको पनि निधन

नेपालखबर
चैत ६, २०८० मंगलबार ८:५७, काठमाडौँ

मंगलबार साँझ बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमपूर्वका पत्रकार विक्रम परियारको पनि निधन भएको छ।

बस दुर्घटनामा अहिलेसम्म ज्यान गुमाउने ९ जनामध्ये एकजना पत्रकार परियार हुन्। पूर्वीरुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मंगलबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो। 

अन्नपूर्ण पोष्ट र रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकार परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौँ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। २५ वर्षीय पत्रकार परियार रुकुमपूर्वको नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहसचिव र प्रेस सेन्टरको जिल्ला उपाध्यक्षसमेत थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .