ad ad

समाज


पत्रकार कृष्ण बहावमाथि इटहरी नगर प्रहरीको दुर्व्यवहारप्रति महासंघको आपत्ति

पत्रकार कृष्ण बहावमाथि इटहरी नगर प्रहरीको दुर्व्यवहारप्रति महासंघको आपत्ति

नेपालखबर
चैत ४, २०८० आइतबार १६:१९, काठमाडौँ

नेपाल पत्रकार महासंघले महासंघका सुनसरी शाखा सदस्य तथा शिलापत्र डटकमका संवाददाता कृष्ण बहाव भट्टराईमाथि इटहरी उपमहानगरपालिका नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै आपत्ति प्रकट गरेको छ।

यही चैत १ गते इटहरी उपमहानगरपालिका कार्यालय अगाडि धर्नामा बसेका सिटी सवारी चालकको आन्दोलनको समाचार संकलन गर्ने क्रममा पत्रकार भट्टराईलाई नगर प्रहरीले धक्का लगाउँदै मोबाइल खोस्नुका साथै दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले जनाएको छ।

‘पत्रकार रहेको जानकारी हुँदाहुँदै नगरप्रहरीबाट भएको यस घटनाको महासंघ विरोध गर्दै व्यवसायिक पत्रकारिताको सम्मान गर्न आग्रह गर्दछ’ महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गरी भनेका छन्, ‘साथै, महासंघ घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .