ad ad

राजनीति


आफूविरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई रामहरि खतिवडाको चेतावनी

आफूविरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई रामहरि खतिवडाको चेतावनी

नेपालखबर
चैत १, २०८० बिहिबार १७:१३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूबिरुद्ध लागेका मुद्दामा चलखेल वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन्।

बिहीवार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले राज्य व्यवस्था समितिमा छलफल गर्दा वर्तमान गृहमन्त्रीले वर्तमान परराष्ट्रमन्त्रीलाई आफूसँग अरु पनि प्रमाण भएको बताएकाले आफू कारबाही गर्ने ठाउँमा हुँदा कारबाही गरेर देखाउन सक्नुपर्ने बताए।

उनले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताए। उनले आफूबिरुद्धका मुद्दाका बारेमा आफैँले सांसदहरुलाई जानकारी गराउनुपर्ने बताए। उनले दाग लागेका मन्त्रीहरुलाई सरकारमा राख्न नहुने बताए।

‘उपप्रधानमन्त्रीजीकै बारेमा सहकारीको कुरा उठ्ला। गृहमन्त्री क्रान्तिकारी नै हुनुहुन्छ, पहिल्यैदेखि यो गर्ने र त्यो गर्ने भन्नुभएको छ’ उनले भने, ‘हामीले राज्य व्यवस्था समितिमा सँगै छलफल पनि गरेका छाैँ। उहाँ प्रतिपक्षमा हुँदा अहिलेको परराष्ट्रमन्त्री गृहमन्त्री हुँदा मसँग प्रमाण छन् अरुपनि कारबाही गर्नुपर्छ भन्नुभएको थियो। अब कारबाही गर्ने ठाउँमा उहाँ पुग्नुभएको छ। उहाँले आफ्नो मुद्दामा चलखेल नगर्ने काम गर्नुपर्छ।’

उनले सुन तस्करी सम्बन्धी छानबिन आयोगले बुझाएको प्रतिवेदन सांसदहरुलाई उपब्ध गराउन पनि माग गरे।

उनले भने, ‘सुनको प्रतिवेदन आयोगले बुझाएको छ, त्यो प्रतिवेदन अहिले मान्य सदस्यहरुको हातमा आउनुपर्छ। त्यसमा छलफल गर्छौं। सिआईबीले छानबिन गर्दा उम्कनु नहुने मान्छेहरु उम्किए भन्ने थियो, तत्कालीन गृहसचिवको भूटानी शरणार्थी प्रकरणमा टेलिफोन हेर्ने काम गरेको थियो। तत्कालनि आइजी र एआईजीहरु पनि छन् सुन काण्डमा भन्ने आएको छ। कोको छन्, त्यो सम्पूर्ण रिपोर्ट आए की आएनन् त्यो हेर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .