राजनीति


राष्ट्रियसभा अध्यक्षमा अरु दलको भोट तान्ने रणनीति बनाउँदै कांग्रेस

राष्ट्रियसभा अध्यक्षमा अरु दलको भोट तान्ने रणनीति बनाउँदै कांग्रेस

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८० आइतबार १८:३२, काठमाडौँ

यही फागुन २९ गते हुने राष्ट्रिय सभाका अध्यक्षक निर्वाचनका लागि अरु दलको मत तान्ने रणनीति बनाउन नेपाली कांग्रेसका नेताहरू लागेका छन्।

आइतबार बसेको नेपाली कांग्रेस संसदीय कार्यसमितिको बैठकले बाँकेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने निर्णय गरेसँगै रणनीति निर्माण थालिएको हो। 

‘उहाँ (युवराज शर्मा) लाई बहुमत दिलाएर जिताउन अरुसँग सहकार्य गर्ने तयारी भएको छ’, एक नेताले नेपालखबरसँग भने, ‘गठबन्धन बनेकाले भोट तान्न सजिलो नहोला तर शीर्ष नेताहरूले यसमा काम गरिरहनु भएको छ।’

विश्वकर्माका अनुसार अहिले सबै दलसँग कुराकानी भइरहेको छ। गठबन्धनका उम्मेदवारलाई छाडेर कांग्रेसलाई भोट हाल्ने अवस्था बनाउने रणनीतिमा कांग्रेस नेताहरू लागेका हुन्।

‘पार्टीका शीर्ष नेताहरूले काम गरिरहनु भएको छ। रिजल्ट नआएसम्म पर्खिनु होला’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .