ad ad

राजनीति


गण्डकीमा माओवादीले फिर्ता लियो कांग्रेसका मुख्यमन्त्रीलाई दिएको समर्थन

गण्डकीमा माओवादीले फिर्ता लियो कांग्रेसका मुख्यमन्त्रीलाई दिएको समर्थन

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार १३:८, पाेखरा

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छ। 

बुधबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले काग्रेसका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेशमा पनि यसअघि निर्माण भएका गठबन्धन भत्किन थालेको छ। 

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै मंगलबार नै गण्डकीका मुख्यमन्त्री पाण्डेले माओवादीको तर्फबाट मन्त्री बनेका दुईजनालाई हटाएका थिए। 

गण्डकीमा माओवादीसँग सभामुखसहित ८ सांसद छन्। नयाँ गठबन्धन बने पनि माओवादी र २२ सांसद रहेको एमालेमात्र मिलेर नयाँ सरकार बन्न सक्दैन। ६० सदस्यीय संसदमा बहुमत पुर्‍याउन गठबन्धनलाई २ सांसद भएको राप्रपा र एक सांसद भएको एकीकृत समाजवादीको पनि समर्थन आवश्यक पर्छ। गण्डकीमा कांग्रेसका २७ सदस्य छन्।

यही कुरा बुझेका मुख्यमन्त्री पाण्डेले हत्तपत्त माओवादीलाई सरकारबाट बाहिर पुर्‍याएका हुन्।

उनी संविधानको धारा १६२ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका हुन्। राप्रपा बिच्किएकै वा उसले निर्णय नगर्दै संसद बोलाउँदा उनीसँग संविधानको सोही धाराको उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा सरकार बनाउने बाटो खुल्नसक्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .