नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेको छ।
तत्कालीन सत्तागठबन्धनबाट बाहिरिएको कांग्रेसले रविलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर नयाँ गठबन्धन बनाउन लागेको समाचार सार्वजनिक भएपछि कांग्रेसले त्यसलको खण्डन गरेको हो।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार राति रविको नाम नलिईकन सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही पत्रकार मित्र सोधिरहनु भएको छ, के कांग्रेसले ‘फलाना’ लाई प्रधानमन्त्री ‘अफर’ गरेको हो? स्पष्ट गरौं–कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन।’
उनले नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न शुभकामना पनि दिएका छन्।
साथै, नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने पनि शर्माले स्पष्ट पारेका छन्।
नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्यगर्न शुभकामना l नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भुमिका तयारीमा छौँ हामी l
केही पत्रकार मित्र शोधिरहनु भएको छ-
के काँग्रेसले `फलाना´ लाई प्रधानमन्त्री `अफर´ गरेको हो ? स्पष्ट गरौं- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन ! जय नेपाल— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 5, 2024
Shares

प्रतिक्रिया