ad ad

राजनीति


नयाँ समझदारीसँगै रोकियो सत्ता गठबन्धनको बैठक

नयाँ समझदारीसँगै रोकियो सत्ता गठबन्धनको बैठक

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार ८:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन बनाउने समझदारी गरेसँगै आज बिहान आठै बजे बालुवाटारमा बस्ने भनिएको वर्तमान सत्ता गठबन्धनको बैठक स्थगन गरिएको छ। 

सत्ता गठबन्धनमा रहेका दलबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भनिएको थियो। 

तर उक्त बैठक स्थगन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले  आफ्नाे पार्टीकाे सचिवालय बैठक बाेलाएका छन्।

चार दलबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै रहने गरी नयाँ गठबन्धन बनाउने समझदारी बनेको नेताहरुले बताएका छन्।

पछिल्लो समय विकसित घटनाक्रमका विषयमा छलफल गर्न अहिले सबैजसो दलको आन्तरिक बैठक बसिरहेको छ।

जसका कारण वर्तमान सत्ता गठबन्धनको बैठक स्थगन भएको एक नेताले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .