दुई दिनअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर छुट्टै अभियान थालेका राजेन्द्र महतो बुधबार काठमाडौंबाट पक्राउ परेका छन्।
नक्सालबाट सुरु भएको प्रदर्शन भद्रकाली क्षेत्रमा पुगेपछि प्रहरीसँग झडप हुन पुगेको थियो। भद्रकाली क्षेत्रमा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले महतोसहितका नेता कार्यकर्तालाई पक्राउ गरेको छ।
माइतघीर मण्डलको निषेधित क्षेत्र तोड्ने योजनासहित अघि बढेका उनीहरूलाई बाक्लो संख्यामा तैनाथ सुरक्षाकर्मीले भद्रकालीमा रोकेर पक्राउ गरेका हुन्।
महतोले थालेको निषेधित क्षेत्र तोड्ने अभियानमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका सुमन सायमी पनि जोडिएका थिए।
75
Shares
प्रतिक्रिया