कारोबार


भिभो भी३० बजारमा आउँदै, कस्ता छन् फिचर?

भिभो भी३० बजारमा आउँदै, कस्ता छन् फिचर?

नेपालखबर
फागुन १६, २०८० बुधबार १५:१६, काठमाडौँ

भिभो भी३० स्मार्टफोन बजारमा आउँदै छ। यसमा अत्याधुनिक प्रविधि भएकाले फोनले प्रयोगकर्तालाई आकर्षित पार्ने कम्पनीले जनाएको छ। 

यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको दाबी छ। 

भिभो भी३० ले भी सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई कायम राखेको छ। यो स्मार्टफोन भिभोको ५ हजार एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो। 

कम्पनीले भनेको छ, ‘भी३० ले ड्रप सिमुलेसन र चरम तापक्रम परीक्षणहरूसहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको छ। साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्र्माटफोनको अनुभूति दिनेछ। उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भि३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ।’

भि३०मा ५० एमपी एएफ अल्ट्रा वाइड–एंगल क्यामेरा फिचर, आकर्षक ८० वाटको फास्ट चार्जिङ सुविधा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .