ad ad

राजनीति


दिल्लीमा शर्मनाक पराजयपछि भाजपाका प्रदेश अध्यक्ष तिवारीले दिए राजीनामा

दिल्लीमा शर्मनाक पराजयपछि भाजपाका प्रदेश अध्यक्ष तिवारीले दिए राजीनामा

नेपालखबर
माघ २९, २०७६ बुधबार १०:२५,

भारतीय जनता पार्टी (भाजपा)का प्रदेश अध्यक्ष मनोज तिवारीले राजीनामा दिएका छन्।

दिल्लीको निर्वाचनमा पार्टीको शर्मनाक पराजयको नैतिक जिम्मेवारी लिँदै भाजपाका प्रदेश अध्यक्ष मनोज तिवारीले बुधबार पार्टी नेतृत्वसमक्ष राजीनामा पेस गरेका हुन्।

७० सिटका लागि भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले जम्मा ८ सिट जितेको थियो।

दिल्लीको पराजयको असर भाजपाको शीर्ष नेतृत्वमा समेत पर्नसक्ने बताइएको छ। केन्द्रीय नेतृत्वको सम्पूर्ण शक्ति चुनावमा हेलिए पनि भाजपाले दिल्लीमा यसअधिको निर्वाचनमा भन्दा जम्मा पाँच सिट बढाएको छ।

पार्टीको पराजयपछि निर्वाचनको समीक्षा गन भाजपा अध्यक्ष जेपी नाड्डाले बुधबार साँझ ५ बजे महासचिवहरुको बैठक बोलाएका छन्। सो बैठकमा पूर्वअध्यक्ष एवं गृहमन्त्री अमित शाह पनि सहभागी हुने बताइएको छ।

भाजपाले दिल्लीलाई केन्द्रीय गरी २१ दिनसम्म केन्द्रीय नेताहरुलाई नै सहभागी गराएर आक्रमक चुनाव प्रचार गरेको थियो।

चुनावमा पराजित भएपछि भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले पनि हार स्वीकारेका छन्। उनले भनेका छन्, ‘भाजपाले यो जनादेश स्वीकार गरी रचनात्मक विपक्षीको भूमिका खेल्छ र राज्यको विकाससँग सम्बन्धित सबै मुद्दाहरूलाई प्रमुखताका साथ उठाउँछ।

दिल्ली चुनाव अभियानको क्रममा शाहिन बागको मुद्दा पनि ओझेलमा परेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीदेखि गृहमन्त्री अमित शाह र राष्ट्रिय अध्यक्ष जेपी नड्डालगायत अन्य साना ठूला नेताहरूले शाहिन बागको मुद्दा हरेक जुलुस र बैठकमा उठाउँदै आएका थिए।

आज बस्ने बैठकमा चुनावी रणनीति, राष्ट्रियताको विषय असफल हुनुको कारणबारे समेत छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .