ad ad

समाज


'नियन्त्रण गर्न नसकिए कोरोनाभाइरस विश्वको ६० प्रतिशत जनसंख्यामा फैलने'

'नियन्त्रण गर्न नसकिए कोरोनाभाइरस विश्वको ६० प्रतिशत जनसंख्यामा फैलने'

नेपालखबर
माघ २९, २०७६ बुधबार १०:२७,

हङकङको सार्वजनिक स्वास्थ्य क्षेत्रका मुख्य महामारीविज्ञ प्रोफेसर ग्याब्रियल लिउङले कोरोनाको संक्रमण विश्वको ६० प्रतिशत जनसंख्यामा फैलनसक्ने बताएका हुन्।

उनी हङकङ विश्वविद्यालयको पब्लिक हेल्थ मेडिसिनका अध्यक्ष हुन्। मंगलबार विश्व स्वास्थ्य संगठनको वैठक जेनेभामा बस्न अगाडि लिउङले कोरोनालाई नियन्त्रण गर्न सबै एकजुट हुनेपर्ने बताए।

उनी डब्लूएचओको वैठकमा मंगलबार नै सहभागी भएका थिए। डब्लुएचओको वैठकले कोरोनासँग जुध्न विश्व आक्रमक रुपले लाग्नुपर्ने निष्कर्ष निकालेको छ। वैठकले यस नोबल कोरोना भाइरसको नाम ‘कोभिद–१९’ राखेको छ।

विश्वको जनसंख्या ७.७ अर्ब हो। यदी कोरोनाको संक्रमण नियन्त्रण गर्न नसक्ने हो भने महामारीविज्ञ ग्याब्रियलको भनाइ अनुसार विश्वका ४ अर्ब ६२ करोड मानिसमा यसको संक्रमण महामारी झै फैलने छ।

Image result for Prof Gabriel Leung hongkong

ग्याब्रियल लिउङ

डब्लुएचओले चीनमा कहिल्यै पाइला नटेकेका व्यक्तिमा पनि कोरोना देखेको बताएपछि ग्याब्रियलले यस्तो चेतावनी दिएका हुन्।

उनले विश्वका सबै स्थानमा कोरोनाको संक्रमणको परीक्षण अनिवार्य हुनुपर्ने बताएका छन्।

गतवर्षको डिसेम्बरमा चीनको हुपेइ प्रान्तस्थित वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

यतिबेला विश्वका २५ भन्दा बढी मूलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ। बुधबार बिहानसम्म कोरोनाका कारण ११ सय जनाको मृत्यु भएको छ। ४५ हजारभन्दा बढी यसबाट संक्रमित छन्। द गार्जियन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .