आइतबार तय गरेर पनि बस्न नसकेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ। मंगलबार बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
यसअघि आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि दिउँसो ३ बजेका लागि सारिएको थियो। आइतबार दिउँसो पनि बस्दै नबसी स्थगित भएको बैठक आज बिहान बस्न लागेको हो।
आजको बैठकमा अध्यक्ष प्रचण्डले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको छ।
बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने नेता गणेश साहले जानकारी दिए।
आजको बैठकमा माओवादीले आगामी चैत १ गतेदेखि तराई(मधेशका जिल्लामा गर्ने भनेको संगठन सुदृढिकरण अभियान, उत्तर–दक्षिण अभियानसहितका विषयमा पनि छलफल हुने बताइएको छ।
Shares
प्रतिक्रिया