ad ad

कला


गायक भक्तराज आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने

गायक भक्तराज आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने

नेपालखबर
फागुन १५, २०८० मंगलबार ७:३५, काठमाडौँ

गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीर आज (मंगलबार) बिहान ९ बजे अन्तिम श्रद्धान्जलिका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ। 

८१ वर्षीय आचार्यको आइतबार निधन भएको हो। अस्वस्थ भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो। 

आज राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ।

धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए।

उनले गाएका ‘हजार सपनाहरुको..’, ‘जति चोट दिन्छौ..’, ‘मुटु जलिरहेछ...’ लगायत गीत निकै चर्चित छन्।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन्। आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्।

भक्तराजको २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो। अस्पतालमा जाँच गर्दा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काट्नुपरेको थियो। त्यसपछि उनले गाउन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .