ad ad

राजनीति


राप्रपा नेपालले गर्ने जनप्रदर्शनको तयारी सुरु, २९ ठाउँमा कोण सभा गर्ने

राप्रपा नेपालले गर्ने जनप्रदर्शनको तयारी सुरु, २९ ठाउँमा कोण सभा गर्ने

नेपालखबर
फागुन १२, २०८० शनिबार २०:२३, काठमाडौँ

राप्रपा नेपालले आगामी चैत्र  १ गते काठमाडौंमा गर्ने बृहत् जनप्रदर्शनको तयारी सुरु गरेको छ। 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न समितीहरु पनि गठन गरेको छ।

चैत्र १ गतेको जनप्रदर्शनलाई प्रभाबकारी बनाउनको निमित्त उपत्यकाको २९ स्थानमा कोणसभाहरु गरिने निर्णय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

आगामी फागुन १८ गते काठमाडौंको १ र ६ नम्बर क्षेत्रबाट कोणसभाको शुभारम्भ हुनेछ। उपत्यकाको काठमाडौं ,ललितपुर ,भक्तपुरका सबै क्षेत्रमा कोणसभाहरु आयोजना हुनेछन्। 

बैठकले राजिब पराजुली , केशबराज श्रेष्ठ र दमन बस्नेत रहेकोे आर्थिक समिती गठन गरिएको छ । यसै गरि पुरु दाहाल , बिकास प्रजापती र कुमार गजुरेल रहेको सामाजिक संजाल परिचालन समिति गठन गरेको छ।

राप्रपा नेपालले भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न  
जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .