ad ad

राजनीति


दोषी देखिएका मन्त्रीलाई कारबाही नगर्नु अलोकतान्त्रिक : ओली

दोषी देखिएका मन्त्रीलाई कारबाही नगर्नु अलोकतान्त्रिक : ओली

नेपालखबर
फागुन १०, २०८० बिहिबार १८:४६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटीको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए।

उनले भने, ‘आफैँले सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ। मन्त्री फुर्तिसाथ हिँड्छ। आत्मग्लानी छँदै छैन। न सरकारलाई न मन्त्रीलाई। प्रधानमन्त्रीलाई अफ्ठ्यारो भएको छैन। मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन?’

दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको उनको भनाई छ।

ओलीले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे।

ओलीले थपे, ‘मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने, गठबन्धन नै निर्लज्ज हुने। एउटा व्यक्तिको स्वार्थमा, एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिकमा जाने। नैतिकता भन्नेकुरा सिंगै देशले छोड्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .