ad ad

राजनीति


एमसीसी अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ९ दलकाे ज्ञापनपत्र

एमसीसी अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ९ दलकाे ज्ञापनपत्र

नेपालखबर
माघ २८, २०७६ मंगलबार ११:३५,

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ।

सिंहदरबारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसीसी अनुमोदनका लागि दबाब दिएको दाबी गरेको छ।

पूर्वसांसद सीपी गजुरेलसहितका नेताहरु सभामुखलाई ज्ञापन पत्र बुझाउन पुगेका थिए। सभामुख सापकोटाले ज्ञापन पत्र बुझेपछि एमसीसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो क्षेत्राधिकारअनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे।

यसैबीच संवाददाताहरुसित संक्षिप्त कुरा गर्दै सभामुख सापकोटाले क्यानेडियन सभामुखसँगको भेटघाटबारे आएका समाचारमा सत्यता नभएको बताए। उनले भेटबारे कुनै कार्यक्रम नै नभएकाले स्वीकार/अस्वीकारको प्रश्नै नउठ्ने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .