ad ad

राजनीति


स्काउटको भवन विधिसम्मत रुपमा भाडामा लिएको हुँ : सांसद दीपक खड्का

स्काउटको भवन विधिसम्मत रुपमा भाडामा लिएको हुँ : सांसद दीपक खड्का

नेपालखबर
फागुन ६, २०८० आइतबार १५:४०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफूले विधिसम्मत ढंगले नेपाल स्काउटको संरचना भाडामा लिएको बताएका छन्।

आइतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खड्काले आफूले वि.सं. २०६३ सालमा टेन्डर प्रक्रियामार्फत स्काउटको भवन भाडामा लिएको बताएका हुन्।

उनले १० वर्षपछि पुनः टेण्डरमार्फत सबै प्रक्रिया पूरा गरेर भाडामा लिएको भएपनि आफ्नो चरित्र हत्या गरिएको बताए। उनले ०७५ सालमा लोकबहादुर भण्डारी प्रमुख भएर आएपछि विवाद र किचलो सुरु भएको भन्दै आफूलाई सत्ताको बलमा उतिखेरै निकाल्न खोजिएको बताए।

उनले आफ्नो कुनै कमजोरी नभएको भन्दै अदालतमा मुद्दा विचाराधिन रहेको र कुनै दोष देखिएमा कारबाहीको भागिदार हुने पनि बताए।

उनले भने, ‘यो विधिवत् ढंगले २०६३ सालमा टेण्डरमार्फत त्यहाँका भवनहरु भाडामा लिइएको हो। र १० वर्षपछि पुनः टेण्डरमार्फत त्यस भवनको प्रक्रिया पूरा गरेर भाडामा लिएको हो। तीन वटा संरचनाहरु खड्काल्याण्डले उपयोग गर्दै आएको छ। एउटा खालि जग्गा उपयोग गरेर व्यवसाय सञ्चालन गरेको छ। दुई वटा नेपाल स्काउटले आफ्नो भवन निर्माण गरेर भाडामा लगाएको अवस्था छ। तेस्रो विभिन्न संरचनाहरु सञ्चालन गरिएको छ र ति संरचनाहरुको कुनै आय, व्यय कुनै वास्ता गरिएको छैन।’

उनले आफूले स्काउटलाई अहिलेसम्म भाडा बापत १३ करोड रुपैयाँ बुझाइसकेको पनि बताए।

अध्यक्ष भण्डारीले ऐन, नियम विपरित स्काउटलाई कब्जा गरेको आरोप समेत लगाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .