ad ad

राजनीति


नेपालबाट उच्च शिक्षाको लागि विदेश जाने आर्थिक स्रोत रोकौँ : प्रधानमन्त्री

नेपालबाट उच्च शिक्षाको लागि विदेश जाने आर्थिक स्रोत रोकौँ : प्रधानमन्त्री

नेपालखबर
फागुन ३, २०८० बिहिबार १२:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालबाट हुँदै आएको ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन्।

भारतीय विश्वविद्यालय संघ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्ने बताए।

‘शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ ।यो प्रवृत्ति अब उल्टो हुनुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ।’ उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए।

विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोतको उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरु आकर्षित हुने क्रम बढेको बताए।

‘उच्च शिक्षाको सन्तुलन विश्वव्यापीरुपमा उत्तरतिर झुकेको देखिन्छ,’ उनले भने, ‘महँगो बजेटका कारण अन्तर्राष्ट्रिय विद्यार्थीलाई उत्तरका शैक्षिक प्रणालीहरूले आकर्षित गरेपनि यो अवस्था लामो समयसम्म यस्तो अवस्था नरहन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .