ad ad

राजनीति


माओवादीको विधान अधिवेशन : काठमाडौँका ४ ठाउँमा सामूहिक छलफल चल्दै, आजै निष्कर्ष पेस गरिने

माओवादीको विधान अधिवेशन : काठमाडौँका ४ ठाउँमा सामूहिक छलफल चल्दै, आजै निष्कर्ष पेस गरिने

नेपालखबर
फागुन २, २०८० बुधबार १२:१४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ। 

मंगलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर पार्टीको विधानमा छलफल चलिरहेको छ। 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेका माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। 

मुख्यसचिव ढकालका अनुसार आज अपराह्न १ बजेसम्म सामूहिक छलफल हुनेछ भने २ बजे प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा समूहका नेताले विधानमाथिको छलफलका निष्कर्ष पेस गर्नेछन्। एउटा समूहमा ५० देखि ५५ जना सदस्य छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .