ad ad

राजनीति


प्रचण्डको गुनासो : गणतन्त्रविरोधीहरूले माओवादी नेतृत्वलाई हेप्न थाले

प्रचण्डको गुनासो : गणतन्त्रविरोधीहरूले माओवादी नेतृत्वलाई हेप्न थाले

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८० मंगलबार १३:५७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका कारण भएका उपलब्धिलाई भुलेर अहिले आफूहरूलाई हेप्ने काम भएको बताएका छन्।

पार्टीको विधान सम्मेलनलाई मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा सम्बोधनका उनले यस्तो बताएका हुन्।

प्रचण्डले जनयुद्ध चलाउँदा विश्वभर आफूहरूको प्रभाव रहेको बताउँदै अहिले आफूहरूका केही कमजोरीका कारण हेपाई खान थालिएको बताए।

‘अहिले माओवादीको नेतृत्व, एजेन्डा र विचारलाई हेप्न थालियो’, उनले भने, ‘हामी प्रज्ञामा विधान सम्मेलन गरिरहँदा बाहिर गणतन्त्रविरोधीहरू उपलब्धिविरुद्ध बोल्ने दुस्साहस गरिरेहका छन्।’

प्रचण्डले सशस्त्र संघर्षका क्रममा माओवादी एउटा शक्ति रहेको भन्दै जसको प्रभाव विश्वभर रहेको सुनाए।

‘सात राजनीतिक दलहरूलाई राजनीतिको रंगमञ्चमा ल्याउने तागत थियो माओवादीसँग’, उनले भने, ‘अहिले हामीले कहाँ कहाँ कमजोरी गर्‍यौँ। अलिक बढी हेपाई खान थाल्यौँ। माओवादी, माओवादी नेतृत्व, एजेन्डा र माओवादीले गरेको त्याग बलिदान र दुरगामी कीर्तहरूलाई हेप्न खोजिँदै छ।’

उनले सबैभन्दा बढी प्रतिक्रियावादी, प्रतिक्रान्तिकारीहरूले मा‌ओवादीलाई हेप्न थालेका बताए। 

‘आज हामी २९ औँ जनयुद्ध दिवस प्रज्ञा प्रतिष्ठानमा बसेर मनाउँदैछौँ। महान् जनयुद्धलाई अपमानित गर्ने कसैलाई अधिकार छैन’, उनले भने, ‘क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गरिँदैछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .