ad ad

राजनीति


प्रधानमन्त्रीले भने : माओवादीले जनयुद्ध दिवस मनाउँछ

प्रधानमन्त्रीले भने : माओवादीले जनयुद्ध दिवस मनाउँछ

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८० सोमबार १७:२१, काठमाडौँ

प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गते जनयुद्ध दिवस मनाउने बताएका छन्।

सर्वोच्च अदालतले शान्ति सम्झौता र नेपालको संविधानले पनि जनयुद्ध दिवसलाई नस्वीकारेकाले फागुन १ गते दिइने सार्वजनिक बिदा खारेज गरिदिएको अवस्थामा उनले यस्तो भनेका हुन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समिति बैठकलाई सोमबार सम्बोधनका क्रममा पार्टीले जनयुद्ध दिवस मनाउँदा कसैले रोक्न नसक्ने बताए। 

‘पार्टीले जनयुद्ध दिवस मनाउँछ’, उनले भने, ‘हामीलाई जनयुद्ध दिवस मनाउन कसैले रोक्न सक्दैन।’

दाहालले यसो भनिरहँदा माओवादीबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरूले आफ्नो पालिका क्षेत्रमा स्थानीय बिदा दिइरहेका छन्। 

उनले सम्बोधनका क्रममा विचार, विधि, संगठन र संस्कृतिलाई मिलाएर माओवादीले लैजानु पर्ने पनि बताए। 

दाहालले माओवादी नेतृत्वको समाजवादी मोर्चा जिल्लादेखि संयोजन समिति बनाएर लैजानुपर्ने बताए। 

जटिलता, चुनौती र सम्भावना एकैसाथ रहेका बताउँदै दाहालले नयाँ बजेटमा नयाँ योजना ल्याउनुपर्ने चुनौती रहेको बताए। उनले पपुलर बजेटको पनि खोजी भइरहेको कार्यकर्तालाई सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .