ad ad

राजनीति


त्रिविको उपकुलपति छनौटको प्रक्रिया कानुनसम्मत छ : शिक्षा राज्यमन्त्री

त्रिविको उपकुलपति छनौटको प्रक्रिया कानुनसम्मत छ : शिक्षा राज्यमन्त्री

नेपालखबर
माघ २९, २०८० सोमबार १७:२४, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत रहेको बताएकी छन्।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राज्यमन्त्री कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत रहेको दाबी गरेकी हुन्।

उनले छनौटको सर्टलिस्टमा परेका व्यक्तिहरु बिरुद्ध सिफारिस समितिमा कुनैपनि उजुरी नआएकाले उनीहरुको छनौट प्रक्रिया अगाडि बढेको बतइन्।

उनले आरोपित व्यक्तिहरु विगतमा आरोपपछि पनि सरकारी नियुक्तिमा रहेर काम गरिसकेको भन्दै तिनै व्यक्ति अहिले सर्टलिस्टमा पर्नु स्वभाविक भएको बताइन्।

उनले भनिन्, ‘अख्तियारले प्रश्न गरेको व्यक्ति अहिले युनिर्भसिटी ग्रान्ट काउन्सिल(क्युएए, काउन्सिल)मा पदाधिकारीको रुपमा छ। र सर्टलिस्टेडमा उहाँको नाम पनि छ। अहिलेको पदाधिकारीमा उहाँ हुनुहुन्छ नि नेपाल सरकारको। र सिफारिस समितिमा त्यो निवेदकको बिरुद्ध कुनै उजुरी पनि परेको छैन। त्यसैले त्यो प्रोसेसमा छ।’

राज्यमन्त्री कुमारीले सर्टलिस्टेड भएका १४ व्यक्तिहरुको सोमवार(आज)देखि नै छनौटका लागि प्रस्तुति र अन्तर्वार्ताको प्रक्रिया अगाडि बढेको जानकारी पनि दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .