राष्ट्रिय सभामा नौ जना सांसदले कानुन निर्माण सम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका छन्।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा पार्वती प्रस्तावक र ८ जना सदस्यहरू समर्थक रहेर राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको हो।
संविधान कार्यान्वयनका लागि संघीय संसद्ले नै १५१ भन्दा बढी कानून निर्माण गर्न बाँकी छन्।
ती कानूनहरू यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गराएको सभापति रावलले जानकारी दिएकी छन्।
21
Shares
प्रतिक्रिया